Loading...
 

बैठकका आवश्यकताहरू

अगोरामा, प्रत्येक बैठकको लागि एजेन्डा कन्फिगर गर्ने शर्तमा धेरै लचिलोपन गरिएकाे छ।  हामीसँग धेरै गतिविधिहरू छन् कि ती सबै एउटै बैठकमा फिट गर्न असम्भव छ। धेरै कारकहरू मध्ये याे एक कारक हो जसले अगाेरा बैठकहरूलाई यति विशिष्ट बनाउँदछ - तिनीहरूले दिक्क बनाउने खालका एउटै  पैटर्न बारम्बार लागू भएकाे हुदैन। तिनीहरू धेरै विविध, रमाईला र अझै शैक्षिक विषयवस्तुमा ध्यान केन्द्रित गराँउदछन्।

 

आवश्यक बैठक विशेषताहरु

क्लबहरू नि: शुल्क हुन्छन् - र हामी - नयाँ भूमिकाहरू परिचय गराउन, सेक्सनहरूको क्रम परिवर्तन गर्न, पूर्ण नयाँ परिचय वा अन्य नवीन विचारहरूको प्रयास गर्न यसलाई प्रोत्साहित पनि गर्दछौं जबसम्म तिनीहरू फाउन्डेशनको लक्ष्य, अभियान, र आदर्शहरूसँग र शैक्षिक वातावरणसँग पंक्तिवद्द हुन्छन् ।

यद्यपि त्यहाँ एकदम न्यूनतम आवश्यक तत्त्व बैठक समूहहरूको एक सेट छ जुन बैठकको मुख्य कार्य पूरा गर्न प्रत्येक नियमित क्लब बैठकमा उपस्थित हुनुपर्दछ: सदस्यहरूको शिक्षाको विशेष सेटमा शिक्षा र अगोरा स्पिकर्स इन्टरनेसनलको शैक्षिक कार्यक्रम अनुसरण गर्दै गरिएकाे हुन्छ। यसले विश्वव्यापी क्लबहरू बीच न्यूनतम बुदाँकाे स्थिरता सुनिश्चित गर्न पनि मद्दत गर्दछ।

फरक किसिमका क्लबहरूसँष अगोरा शैक्षिक मोडेललाई उनीहरूले कत्तिको नजिकको पालना गर्नुपर्दछ भन्ने बारेमा फरक आवश्यकताहरू छन्। कृपया तपाईंले चलाइराख्नु भएको क्लबको प्रकारकोलागि विशेष लेख जाँच गर्नुहोस्।

तपाँइले बैठक क्रियाकलाप पेज प्रयाेग गर्न सक्नुहुन्छ जुन एजेन्डा कन्फिगरको लागि टेम्पलेटको रूपमा प्रयाेग गर्न सकिन्छ।

अधिक विशेष रूपमा, नियमित  बैठकमा न्यूनतम आवश्यक तत्त्वहरू निम्न हुन्:

  • सम्पूर्ण बैठक भरिका लागि एउटा मात्र बैठक नेता हुनुपर्दछ ।
  • सबै वर्गहरू र बैठकका सहभागीहरू टाइमर  द्वारा समयबद्ध हुनुपर्दछ र तिनीहरूले प्रयाेग गरेकाे भाषाकाे मूल्यांकन  व्याकरण हेर्ने व्यक्तिले गर्नुपर्छ ।
  • क्लब गत महिना मात्र चार्टर्ड नभएकाे खण्डमा बाहेक कम्तिमा एउटा प्रोजेक्ट स्पीच हुनु आवश्यक छ (एक भाषण जुन शैक्षिक कार्यक्रम परियोजनाहरू मध्ये एक अनुसार गरिन्छ)।
  • सबै भाषणहरू मूल्यांकन गर्न आवश्यक छ।
    • यदि तिनीहरू परियोजना भाषणहरू हुन् भने उनीहरूको कम्तिमा पनि एक मूल्यांकनकर्ताले परियोजनाको मूल्यांकन पानाहरू अनुसार मूल्यांकन गर्न आवश्यक छ।
    • यदि ती गैर-परियोजना भाषणहरू हुन् भने, ती वक्ताले आफैंकालागि तोकेका विशेष लक्ष्य र उद्देश्यका आधारमा मूल्यांकन गर्न आवश्यक छ, जसलाई पहिले नै थाहा पाउनु आवश्यक छ। एक क्लबले एक भन्दा बढी मूल्यांनकर्ताले उहि भाषणको मूल्यांकन गर्न छनौट गर्न सक्दछ, सामान्यतया  यसलाई "प्यानल मूल्या‌कनहरू" भनिन्छ ।
  • कम्तिमा पनि एक मूल्यांकनकर्ताले पनि भाषणको उद्देश्यहरू आफैंले भाषण अघि नै व्याख्या गर्नुपर्दछ ताकि श्रोताहरूले के आशा गर्नुपर्दछ र के प्रतिक्रिया दिने भनेर थाहा पाउन सक्छन् । यदि उद्देश्यहरू अघिल्लो भाषणको जस्तै हुन् र वर्णन गरिसकिएको छ (जुन हुन सक्दछ, उदाहरणका लागि यदि बैठकमा दुई वा बढी वक्ताहरूले समान परियोजना प्रदान गरे भने) यो आवश्यक पर्दैन ।
  • प्रत्येक परियोजनाको मूल्यांकन मौखिक र सार्वजनिक रूपमा एकै बैठकमा मूल्याकंनकर्ता (हरू) द्वारा दिइएकाे गर्नुपर्दछ ताकि स्पिकर र दर्शक दुबैले प्रदान गरिएको प्रतिक्रियाबाट फाइदा लिन सक्दछन्। परियोजनाको लागि उचित मूल्यांकन फारमहरूको प्रयोग गरेर मूल्यांकन गर्नुपर्दछ।
  • श्रोतालाई वक्तालाई लिखित प्रतिक्रिया प्रदान गर्न भाषण पछि १-२ मिनेट दिनुपर्छ।
  • त्यहाँ एक बैठक मूल्यांकनकर्ता हुनु पर्छ जसले बैठककाे समग्र मूल्यांकन गर्छन् र निश्चित मूल्यांकनकर्ताबाट प्रतिक्रिया प्राप्त नगर्ने भूमिकाकाे मूल्यांकन गर्दछन् ।
यी नियमित, आवधिक बैठकहरूको लागि आवश्यकताहरू हुन्। विशेष अवसरहरू, पार्टीहरू, भेलाहरू, विशेष सत्रहरू, प्रतियोगिता, बहसहरू, आदिको लागि, ढाँचा खुला छ। यद्यपि यी प्रति महिना विशेष बैठकहरूको संख्या नियमित बैठकहरूको संख्या भन्दा बढि हुन सक्दैन।

Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:07:24 CEST by agora.